प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता,संक्रमणकालिन न्याय लगायतका विषयमा छलफल

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आज भेटवार्ता भएको छ ।

दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भएको हो । भेटमा प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक लगायतका मुद्दामा सहमति जुटाउने प्रयास स्वरुप कुराकानी भएको बताइएको छ ।

यसअघि संबैधानिक परिषदमा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गर्ने प्रधानमन्त्री दाहालले राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले असहमति राखेका थिए । एमालेले प्रधानन्यायाधीश नियुक्ति अघि संसदीय समितिलाई पुर्णता दिनुपर्ने र कम्तिमा तीन समिति आफुलाई दिनुपर्ने अडान राखेको छ । संक्रमणकालिन न्याय सम्बन्धी विधेयक पनि छिटो पारित गर्नुभन्दा संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने अडान एमाले अध्यक्ष ओलीको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू