झन्डै सात हजार सामुदायिक विद्यालयमा छैनन् विषयगत शिक्षक

एटुजेड समाचार

काठमाडौं – सामुदायिक विद्यालयहरूमा ठूलो संख्यामा विषयगत शिक्षकको अभाव रहेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ ।

देशभरका ६ हजार ७३२ संस्थागत विद्यालयमा गणित, विज्ञान, लेखा, अंग्रेजीलगायत विषय शिक्षकको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । विषयगत शिक्षक अभाव हुनुमा शिक्षक भर्नासम्बन्धी योग्यताको मापदण्ड मुख्य कारक रहेको प्रतिवेदनमा निष्कर्ष छ ।

विषयगत शिक्षकका लागि सम्बन्धित विषयको उपाधिसहित कम्तीमा १० महिने शिक्षा विषयको तालिम लिएको हुनुपर्ने व्यवस्था छ । सो योग्यतामा पुनरवलोकन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू