काठमाडौं – सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका-५ का २२ वर्षीय ओम प्रकाश महरालाई पक्राउ गरेको हो। पक्राउ परेका महराविरुद्ध जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मंगलबार ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।
युवतीको हराएको मोबाइलमा सामाजिक सञ्जालका प्रोफाइल खुला रहेको र अपरिचित महिला पुरुषको यौनजन्य भिडियो पठाएको भन्दै चरित्र हत्या गर्नेलाई कानुनबमोजिम कारबाही गर्न प्रहरीमा उजुरी परेको थियो।