अन्नपूर्ण हिमालमा बेपत्ता पर्वतारोहीको जीवितै उद्धार

एटुजेड समाचार

 काठमाडौं – अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् ।

३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका उनका भाइ सुधीरले जानकारी दिए ।

सेभेन समिट ट्रेक्सका अनुसार ७ जना नेपाली उद्धारकर्ताले ३०० मिटर गहिरो खोंचमा उनलाई जिवितै फेला पारेका हुन् ।

उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल ल्याइएको जानकरी दिँदै सेभेन समिट ट्रेक्सका जीएम थानेश्वर गुरागाईले भने ‘उनीको स्वास्थ्य गम्भीर छ, चिकित्सकहरुले उपचार गरिरहेका छन् ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू