उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुने

एटुजेड समाचार

काठमाडौँ – उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।

आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन ।

भोलिबाट प्रचारप्रसार गर्न नपाइने भएसँगै राजनीतिक दलहरूले आज प्रचारप्रसारको अन्तिम कसरत गर्ने भएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू