रविका चालकलाई थप उपचारका लागि काठमाडौँ लगियो

एटुजेड समाचार

चितवन – घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक शम्भु थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल लगिएको हो ।

उनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको थियो । करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि काठमाडौं लगिएको हो ।

 विरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सकको सल्लाहमा हेलिकप्टर मार्फत मेडिसिटी ल्याइएको लगिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू