भरतपुर – चितवन क्षेत्र नं. २ मा बैशाख १० गते हुन लागेको उपनिर्वाचनको मौन अवधि लागु भए पछि मदिरा निषेध गरिएको छ ।
जिल्ला प्रसाशन कार्यालय चितवनले आज एक सुचना गरि मौन अवधि लागु भएपछि मदिरा तथा मदिराजन्य पदार्थ ओसारपासार, बेचबिखन तथा सेवन गर्न निषेध गरिएको जनाएको छ ।
उपनिर्वाचनको मौन अवधि बैशाख ७ गते राति १२ बजे देखि निर्वाचन सम्पन्न नभए सम्मको लागी लागु हुने छ । उपनिर्वाचनलाई स्वच्छ, निस्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्न मदिरा निषेध गरिएको सुचनामा उल्लेख छ ।