जीतनारायणलाई जिताउने कालिकाबासीको अठोट

एटुजेड समाचार

चितवन – बैशाख ५, पूर्वि चितवनको कालिका नगरपालिकामा काँग्रेसको पक्षमा लहर बढेको छ । उपनिर्वाचनमा पार्टीका उमेदवार जिताउन काँग्रेसका कार्यकर्ता उत्साहित भएका छन् । कालिका नगरपालिका १ स्थित लङ्कालाईनमा काँग्रेसको लहर बढेको छ ।

घरदैलोको क्रममा काँग्रेसका उमेदवार जितनारायण श्रेष्ठलाई दही खुवाएर शुभकामना दिएका थिए । अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा झुकाव राखेकाहरु समेत काँग्रेसका उमेदवार जिताउन लागि परेका छन् । अघिल्लो पटक निर्वाचित सांसदका कारण छोटो समयमा निर्वाचन भएको कुराले उनीहरुले आक्रोस पोख्दै यसपटक सचेत रहेको बताए ।

कालिका नगरपालिकामा अघिल्लो पटक माहोल खस्किएको थियो । यसपटक कार्यकर्ताहरु लयमा फर्किएको काँग्रेस नेता लिला बहादुर गुरुङले बताए ।‘यस अघि विग्रएको माहोल अहिले धेरै सुधारिएको छ ।’ उनले भने , ‘यसपटक हामी नतिजा दिने गरि लागेका छौ ।’

कालिका नगरपालिकामा उमेदवार श्रेष्ठले घरदैलो अभियान गरेका हुन् । मंगलवार विहान वडा नम्बर लङ्कालाईन , गडुवा चोक , स्कुल रोड , सुर्यपुरका क्षेत्रमा घरदैलो गरेका थिए । घरदैलो क्रममा गरिएको स्वागतले उमेदवार श्रेष्ठ उत्साहीत बनेका थिए । सोही नगरपालिकाका बासिन्दा हुन् ।

गाँउको समस्या समाधानमा सधै सक्रिय रहेको यसपटक काँग्रेसका कार्यकर्ताले जिताएर पठाउने बताए । माहोल बनाउन लागेका छन् । उनी शक्तिखोरका बासिन्दा हुन् । ‘ निर्वाचनको समयमा मात्रै होइन संधै खटिएको छु । हारजित जे भएपनि म संधै लागिरहने मान्छे हुँ ,’ उनले भने , ‘ यहाँको जति माया बाहिरकालाई हुदैन । त्यसैले यसपटक नतिजा हाम्रो पक्षमा हुने पक्का हुन्छ । ’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू