मिटरब्याज पीडितका माग सम्बोधन नभए आन्दोलनमा उत्रिने राजेन्द्र लिङ्देनको चेतावनी

एटुजेड समाचार

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेको भन्दै निन्दा र भत्र्सना गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा लिङ्देनले मिटरब्याज पीडितको मागलाई समयमा नै सम्बोधन गर्नुपर्ने माग समेत गरे।

 तराई–मधेसका विभिन्न जिल्लामा हरुवा चरुवाले उठाउँदै आएका माग सम्बोधन गर्न लिङ्देनले आग्रह गरे । उनले सरकारले उनीहरूको माग पुरा नगरे राप्रपा आन्दोलनको अग्रमोर्चामा उभिने चेतावनी समेत दिए।

त्यस्तै सांसद प्रेम सुवालले मिटर ब्याज पीडितमाथि सोमबार भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू