काठमाडौ – नौ दिन आठ रात लामो भक्तपुरको बिस्का जात्रा आज साँझ सकिदैछ ।
जात्राको अन्तिम दिन गहिटीमा रहेको भैरवनाथको रथ तानिन्छ । चैत २७ गते यही रथ तानेर जात्रा औपचारिक रुपमा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि र चार दिन पछाडि अर्थात ५ वैशाखसम्म जात्रा मनाइन्छ ।जात्राको अन्तिम दिनलाई ‘‘द्यो थाहाँ बिजाइगु’ अर्थात् ‘देवतामाथि सवारी हुने’ भनिन्छ ।
यस दिन भैरवनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ । रथ तानिसकेपछि पाँचतल्ले मन्दिर अगाडि पु¥याएर जात्रा सकिन्छ । बिस्का जात्राको मुख्य आकर्षण पचपन्न हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हो । बिस्का जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ ।