काठमाडौंमा प्रर्दशन गर्दै मिटरब्याज पीडितले मागे गृहमन्त्रीको राजीनामा

एटुजेड समाचार

काठमाडौ – गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रर्दशन गरेका छन । आज शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाईते समेत भएका उनीहरुले आज गृहमन्त्री श्रेष्ठविरुद्ध चर्का नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन । आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनलगाएर दमन गरेको भन्दै पीडितले प्रदर्शन गरेका हुन ।

सोमबार काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते समेत भएका थिए । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरुलाई सरकारले दमन गरेको भन्दै मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिले आपत्ति जनाएको छ ।
आफूहरुको समस्या समाधान गर्न सरकार गम्भिर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पीडितको छ । मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानवीन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू