एकीकृत समाजवादीको संगठन सुदृढीकरण अभियानको अवधि थप

एटुजेड समाचार

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को संगठन सुदृढीकरण विशेष अभियानको अवधि दुई महिना थप गर्ने निर्णय गरिएको छ ।

मंगलबार पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकबाट उक्त अभियानको म्याद आउँदो जेठ मसान्तसम्म रहने गरी दुई महिना थपिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी संगठनले सोहीअनुसार कार्ययोजना बनाई अघि बढ्ने उनले बताए ।

बैठकमा यही वैशाख ९ र १० गते मनाइने नेपाल कम्युनिस्ट पार्टीको ७४औँ  स्थापना दिवसको तयारीका विषयमा पनि छलफल भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु