शिक्षामा फड्को मार्दै गंगानगर माध्यमिक बिद्यालय
चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित सामुदायिक बिद्यालयहरु मध्यको एक हो गङ्गानगर माध्यमिक बिद्यालय । वि.स २०२४ सालमा स्थापना भएको यस विद्यालय अहिले अभिभावक संगै विद्यार्थीहरुको आकर्षणको केन्द्रबिन्दु बनेको छ।
शुरुवाती अवस्थामा १ शिक्षक र सिमित विद्यार्थीहरु मात्र थिए । स्थापनाकाल देखीनै स्कुल र विद्यार्थीप्रती शिक्षकहरुको लगातारको मेहनत र परिश्रमका कारण आज यस बिद्यालय सबैको रोजाईमा पर्दै आएको हो ।
गुणस्तरिय शिक्षा, विभिन्न बिधामा छात्रवृत्ति, नि:शुल्क खाजा, कम शुल्क, शान्त बातावरण, सामान्य उपचारको लागि बिद्यालयमै नर्श शिक्षकको ब्यबस्था, सुबिधासम्पन्न भौतिक संरचना जस्ता कारणनै बिद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको मान्न सकिन्छ।
१५ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त बिद्यालयमा हाल ४ सय विद्यार्थी अध्ययनरत छन् । बिद्यालयमा पिजीदेखी कक्षा १२ सम्म पढाई भईरहेको छ भने २७ जना शिक्षकले अध्यापन गराईरहेका छन् । जसमध्ये ७ जना आन्तरिक स्रोततर्फ र अन्य दरबन्दीतर्फका शिक्षक/ शिक्षिकाहरु रहेका छन् ।
बिद्यालयले अल्पसन्ख्यक, सिमान्तकृत, बोटे, चेपाङ विद्यार्थीहरुलाई मध्यनजर गर्दै स्कुलमै हरेक दिन बिहान ६ बजेबाट बेलुका ६ बजे सम्म कक्षा सन्चालनको तयारी गरिरहेको बिद्यालय व्यबस्थापन समितीका अध्यक्ष सुदिप सुबेदीले बताए ।
त्यस्तै बिद्यालयले विद्यार्थीहरुको संख्यालाई मध्यनजर गर्दै जिर्ण अवस्थामा रहेका भौतिक पुर्वाधारहरु सुधार एवं निर्माण, अपाङ्ग एवं बालमैत्री स्मार्ट शौचालयको निर्माणको काम अघी बढाएको छ ।
उत्कृष्ट नतिजा हात पारिराखेको बिद्यालयमा हरेक बर्ष विद्यार्थीको संख्या थपिने क्रम जारी छ । तथापी विद्यार्थीको संख्या मात्रै बढाउनु उदेश्य नभएको बताउदै शैक्षिक गुणस्तरमा ध्यान दिदै जाने सुबेदको भनाइ छ ।
शिक्षालाई डिजिटल प्रविधिमा जोड्नको लागि पनि आगामी दिनहरुमा प्रत्येक शिक्षकलाई विभिन्न किसिमका प्रबिधी मैत्री तालिम दिने योजना अघी सारेको उनले बताए ।
त्यस्तै बिधालयले विद्यार्थीहरुका लागि विभिन्न किसिमका छात्रवृत्तिहरु पनि प्रदान गर्दै आएको छ । बिद्यालयले प्रथम हुने बालबालिकालाई ६ महिनाको फि नि:शुल्क, दोस्रो हुनेलाई ४ महिनाको फि नि:शुल्क र तेस्रो हुनेलाई २ महिनाको फि नि:शुल्क दिदै आएको छ भने एउटै घरपरिवारका ३ बच्चा भएमा १ जनालाई नि:शुल्क अध्यापन गराउने व्यबस्था गरेको छ ।
हाल कक्षा ११ पढ्ने विद्यार्थीलाई नि:शुल्क, कोट, पाइन्ट ( युनिफर्म )को व्यबस्था गरेको छ । ११ र १२ मा होटल म्यानेजमेन्ट पढाई भईराखेको यस बिधालयमा १२ कक्षा पढिसकेपछि विद्यार्थीलाई निशुल्क तालिम, उत्त्कृष्ट नम्बर ल्याई उत्रिर्ण गर्नेलाई रोजगारको व्यबस्था गरेको छ ।
बिद्यालयमा सबै कक्षा अग्रेजी माध्यमबाट पढाई भईरहेको छ । गुणस्तरीय शिक्षालाई जोड दिँदै अनुभवी दक्ष एवं बिषयगत शिक्षक, आईसिटी ल्याब, पुस्तकालय, विद्यार्थीबाट लिदै आएको शुल्कमा कमी गर्दै आएको यस विद्यालयले उत्कृष्ट नतिजाका लागि एसईईको तयारिका बेला प्रत्येक बर्ष स्कुलमै होस्टेलको ब्यबस्था गर्नेगरेको प्राधानध्यापक गणेश प्रसाद सुवेदीले जानाकारी दिए ।
गत बर्ष एसईईमा गीतानगर स्रोत केन्द्र अन्तर्गतका सामुदायिक बिद्यालयहरु मध्य उत्त्कृष्ट जिपिए लाउन सफल यस बिद्यालयमा प्लस टुमा होटल म्यानेजमेन्ट बिषय पढाई भईरहेको छ ।
पछील्लो समय निजि स्कुलमा पढाउने अभिभावकले पनि आफ्ना नानिबाबुहरुलाई यस बिद्यालयमा पढाउन ल्याउने क्रम बढेको उनको भनाई छ ।
बिद्यालयमा रहेको मन्टेश्वरी नमुना मन्टेश्वरीको रुपमा परीचित छ। बिद्यालयमा मन्टेश्वरीको छुटै ब्लक रहेको छ । बालबालिकाहरुलाई लामो अनुभव भएका मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरुबाट खेल्दै, सिक्दै रमाउदै पढाउने गर्दछन् । ११० जना बालबालिका रहेको मन्टेश्वरीमा ६ जना शिक्षिकाहरुले अध्यापन गराईराखेका छन् ।
बिद्यालयमा बालबालिकाहरुलाई बालमैन्त्री शौचालय, सयन कक्ष, आफैद्वारा उत्पादित खेल्ने सामाग्रिहरु तयार गरिएको मन्टेश्वरीका कोर्डीनेटर आरती खनालले बताईन् ।
बालबालिकाहरुका लागि अध्यापन सामाग्रीहरु पनि शिक्षिकाहरुले नै बनाउने गर्दछन् । नानिबाबुहरुका लागि जङ्क फुडलाइ निशेधित गर्दै जाउलो, दुध फलफुल लगाएतका श्वस्थ्यकर खानाको व्यबस्था पनि बिद्यालयमानै गरिने उनको भनाइ छ ।
मन्टेश्वरी कक्षा बिहान १० बजेबाट ४ बजेसम्म सन्चालन हुन्छ । स्कुलमा पिजी, नर्सरी, केजी, र १ कलास क र ख ईसिडी बाल बिकास कक्षाको रुपमा विकास भईरहेको समेत उनले बताइन ।
तपाइँको प्रतिक्रिया