भरतपुरमा जारी जुत्ता चप्पल मेलामा १ लाख २५ हजार बढीले गरे अवलोकन

एटुजेड समाचार

चितवन – चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा जारी चितवन जुत्ता चप्पल मेला २०७९ मा नयाँ नयाँ मोडलका जुत्ताचप्पल खरिद गर्नेहरु घुईँचो जारी छ । एक महिने मेलाको २० दिनसम्म आईपुग्दा एक लाख २५ हजार जना बढीले अवलोकन गरेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । छुटै छुटमा आफूलाई मन परेको जुत्ताचप्पल छानिछानि लिन पाउने भएपछि नयाँ नयाँ मोडलका जुत्ताचप्पल खरिद गर्नेहरु घुईँचो जारी रहेको अध्यक्ष उपाध्यायले बताए ।

मेलाको अवधि ९ दिन मात्रै बाँकी रहदाँ नेपाली ब्राण्डका जुत्ता चप्पलहरू प्रयोग गर्ने प्रयोगकर्ताहरू गुणात्मक रूपमा वृद्धि हुँदै गएकोले उपभोक्ताहरूको चाहनालाई ध्यानमा राखी थप २ सय नयाँ मोडलहरु मेलामा भित्रिई अबदेखि १२ सय मोडलका जुत्ताचप्पल छान्न पाउने फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले बताए।

मेला आउने ७० प्रतिशतले जुत्ता चप्पल खरिद गर्दा हालसम्म गरि ३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको बन्जाडेले बताए । सस्तो र गुणस्तरीयसगैँ गर्मी सिजनलाई लक्षित गरि जाली वाल जुत्ता छानिछानी ग्राहकवर्गहरुले किन्ने गरेको आयोजकको दावी छ ।

मेलामा चर्चित ब्राण्डहरू बि एफ डियरहिलर बिएफ़ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेको छ ।
रत्ननगरदेखी आएका सुजन खनालले नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण आफूहरूलाई मनपर्ने परेको प्रतिक्रिया दिए। आफू रोचेको र खाजेको जुत्ता छानीछानी छुटमा लिन पाउदाँ निकै खुसी लागेको उनको भनाई छ ।

नेपाली जुत्ता उद्योगहरूलाई आत्मनिरर्भर बनाउन राज्यले पनि नीतिगत रूपमा नै प्रोत्सान हुने प्याकेज लागु गरी आयातित कच्चा पदार्थमा भन्सार छुट र अन्य सहुलियत प्याकेजहरू उपलब्ध गराउदै उद्योग मैत्री वातावरण बनाउनु पर्छ’, रन सुज इण्डस्ट्रिजका प्रबन्ध निर्देशक रूद्र भट्टराई बताउछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू