भरतपुर – चितवनमा लघु उद्यम गरिरहेका महिलाहरुलाई डिजिटल प्रविधिले सहयोगीकाे भूमिका खेलेको छ। भरतपुरमा आयोजित साझेदार संस्थासंग परामर्श कार्यक्रममा महिला लघु उद्यमिहरुलाई सशक्तिकरण गर्ने राणनीतिको रुपमा डिजिटल प्रविधिको प्रयाेग बढिरहेको जानकारी दिईएकाे हाे।
महिला समुह समन्वय समिति भरतपुरको आयोजनामा र हेफर इन्टरनेशनल नेपालको सहयोगमा चितवनको कालिका नगरपालिकालाई केन्द्रबिन्दु बनाएर कृषि र पशु सम्बन्धी डिजिटल प्रविधिको प्रयोग र प्रयाेगबारे अनुसन्धान पश्चात् छलफल आयोजना गरिएको हाे।
परियोजनाका कार्यक्रम संयोजक सिता पौडेलले किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन ‘जियो कृषि फम’ एप डाउनलोड गरेपछी कृषिको मल बिउ उत्पादन समस्या सबै कुरा थाहा पाउन सकिने गरि व्यवस्था गरिएको जानकारी दिइन्।
उक्त एपमा पढ्न नजानेहरुको लागि सुन्न पनि सकिने उनको भनाइ छ । एप डाउनलोड गरेपछी कृषि र पशु सम्बन्धी सबै जानाकारी पाउन सकिने उनले जानाकारी दिईन । हाल कालिका नगरपालिकाका २ हजार १८ जनाले उक्त एपस डाउनलोड गरेका छन्।
उक्त सेवाबाट किसानहरुले घरमै बसेर मौसम र कृषिसम्बन्धी जानकारी पाउने छन् भने किसान कृषि उत्पादनको सूचनासँग सहजै जोडिन सक्नेछन् । बाली लगाउने सही समय, मल व्यवस्थापन, सिँचाइ बाली बिरुवाको शत्रु तथा तिनको रोकथाम जस्ता जानकारी एपमार्फत् लिन सकिनेछ ।
हेफरकाे आर्थिक तथा प्राबिधिक सहयोगमा कालिका नगरपालिकाको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था र दिप सामाजिक संस्थाका महिला लघु उद्यमिहरुलाई डिजिटल प्रविधिको प्रयोगबारे सिकाईसंगै अनुसन्धान गरिएको थियो ।
हेफर इन्टरनेशनल नेपालका कार्यक्रम व्यबस्थापक ताराप्रसाद पन्थीले सुचना प्रविधीलाई कृषि र पशु सम्बन्धी महिलामैन्त्री कसरी बनाउने भन्ने बारे कालिका नगरपालिकाका विभिन्न वडामा पुगेर करिब १ बर्ष देखी विभिन्न कार्यक्रम गरिएको बताए ।
एपबाट खेतीपाती गर्ने तरिका, रोग तथा किराबारे जानकारी पाउन तथा मौसम अनुसारको खेतीपाती गर्न सहज बनाउने बताए । उनले उक्त कार्यक्रम पश्चात प्रविधिको प्रयोगले कृषिमा महिलालाई कति सहयोग पुग्यो वा पुगेन भन्नेबारे थप अनुसन्धान गरी दोस्रो चरणको कार्यक्रम गरिने बताए । हाल नेपालको बर्दिया र चितवन उक्त कार्यक्रम भईरहेको उनको भनाइ छ ।
त्यस्तै लिटिल एन्जल काठमाडौं विश्व बिद्यालयका एशोसीएट एकेडेमी डाईरेक्टर एवम् अनुसन्धानकर्ता स्मृति कला पन्तले महिला लघु उद्यमिहरुलाई कृषि पशु सम्बन्धि काम गर्दा के कस्ता कुरामा ध्यान दिनु पर्छ भन्ने बारे प्रविधिको प्रयोगले सहज हुने बताईन् ।
महिलाले प्रविधिको प्रयोगले के कस्ता व्यबसाय गर्न र आत्मनिर्भर हुन सक्छन् भन्ने नै अनुसन्धानको मुख्य उदेश्य रहेको उनले बताइन् । नेपालमा अझै पनि पुरुषको तुलनामा महिला प्रविधिको पहुचबाट पछाडि रहेको हुँदा कार्यक्रम महिलालाई फोकस गरिएको उनको भनाइ छ ।
महिलालाई प्रविधिमा कति जोड्न सकिन्छ भन्ने बारे गरिएको अनुसन्धानमा कालिकामा ९८.५ प्रतिशत घरमा स्मार्ट फोन भएको र ७७.९ प्रतिशत ईन्टरनेट पुगेको उनको भनाइ छ । त्यस्तै कालिका नगरपालिकामा ७५ प्रतिशत महिला स्मार्ट फोन चलाउने गरेको उनले बताइन् । महिलालाई प्रविधिमा कृषि गर्दा आर्थिक, सामाजिक प्रभावले भने समस्यामा पारेको उनको भनाइ छ ।
कार्यक्रममा काठमाडौं विश्वबिद्यालयका प्राध्यापक बिनोद कृष्ण श्रेष्ठले प्रविधिलाई महिलामैन्त्री बनाउन प्रविधि निर्माताहरुलाई सहयोग गर्ने, व्यबसायको लागि डिजिटल प्रविधिको प्रयोग सम्बन्धी सचेतना बढाउने, व्यबसायका लागि डिजिटल प्रविधि प्रयोग गर्न सिपको विकास गर्ने तालिमा दिने, व्यवसायको लागि डिजिटल प्रविधिको प्रयोग गर्न अनुसन्धानका आधारमा प्रस्तावित सुझावहरु रहेको बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी कालिका नगरपालिकाका उपप्रमुख बिमला लामाले महिलालाई लघु उद्यमि प्रविधिमा जोड्नु पर्छ भन्दै चितवनको कालिका नगरपालिकालाई रोजेकोमा धन्यवाद व्यक्त गरिन् । त्यस्तै उनले महिला उद्यमिको व्यबसायको लागि नगरपालिकाले सहयोग गर्ने बताइन् ।
महिला समुह समन्वय समितीका समितीका अध्यक्ष ईन्द्रकुमारी पौडेल अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा विशिष्ट अतिथी लिटिल एन्जेल कलेजका लिटिल एन्जल काठमाडौं बिद्यालयका मित्रु बन्धु पौडेल, कालिका नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत केशव प्रसाद उपाध्यय, कालिका नगरपालिका १,२,३,४,५,६ का वडा अध्यक्ष लगायतले कार्यक्रम प्रभावकारी रहेको बताए।