भरतपुर ११ को कमलादेवी मन्दिरमा महायज्ञ हुँदै

एटुजेड समाचार

चितवन  – भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा महायज्ञ हुने भएको छ ।

रामनवमीका अवसरमा यही चैत ८ गतेदेखि १६ गते सम्म श्रीमद्देवीभावत् नवाह भक्तिज्ञान महायज्ञ हुन लागेको हो । महायज्ञको हुनेबारे आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

संयोजक श्रीधर लामिछानेले महायज्ञबाट उठेको रकमले मन्दिर परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको विकास र विस्तार गर्ने उद्देश्य रहेको जानकारी दिए ।

महायज्ञमा आचार्य पण्डित बुद्धिसागर भण्डारी ‘मृदुल’ को प्रमुख वाचन रहने छ । महायज्ञमा सहभागी भई सफल पारिदिन आयोजकले आग्रह गरेको छ । कमलादेवी मन्दिर ऐतिहासिक महत्वको पर्यावरणीय प्राकृतिक र धार्मिक क्षेत्र मानिन्छ ।
पत्रकार सम्मेलनमा कमलादेवीमन्दिर टोलका विकास सस्थाका अध्यक्ष नबिन बाबु मरह्रट्टा ,चिसापानी टोल विकास संस्थाका अध्यक्ष राजु पौडेल , समाजसेवी यमनाथ आचार्य लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रेस विज्ञप्ती

भरतपुर महानगरपालिकाअन्तर्गत वडा नं. ११ मा अवस्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्र ऐतिहासिक महत्वको पर्यावरणीय प्राकृतिक र धार्मिक क्षेत्र मानिन्छ । सेन वंशीय राज्य व्यवस्थाका गढी, मन्दिर र पूजास्थलका रूपमा स्थापित भइआएका प्राचीन सम्पत्तिलाई यसै स्थानमा बसोबास गर्ने लेखनाथ अधिकारी, पं. पूर्णप्रसाद पौडेल, चक्रपाणि पौडेल, धनबहादुर लाहे मगर, चन्द्रबहादुर गुरुङ, होमनाथ अधिकारी, टुकबहादुर बस्नेत, टंकप्रसाद पौडेल, शिवशंकर हमाल समेतका करीब ६ दर्जन धार्मिक व्यक्तित्व एवं यसको संस्थागत विकासमा नेतृत्व गर्दै आउनुभएका डा. बुद्धिप्रसाद ढकाल, डा. शारदा भट्टराई, कमल मल्ल र पं. बुद्धिसागर भण्डारी ‘मृदुल’ज्यू समेतको नेतृत्वले यस मन्दिरको भौतिक विकासमा पु¥याउनुभएको योगदान प्रशंसनीय छ ।

यस मन्दिरको आसपासमा विभिन्न जातजातिको बसोबास छ । उनीहरूका भिन्न धर्म संस्कृति छन् तापनि यस मन्दिरले सबै प्रकारका समाज र धर्म संस्कृति बीच समन्वय गरेको छ । कमलादेवी मन्दिरको भोगाधिकारभित्र चार बिगाह चार कठ्ठा जमिन छ । यो जमिन क्षेत्रमा गणेश मन्दिर, शिवालय, सत्सङ सभा हल, कमलादेवीको मन्दिर, आठ कोठे आरोग्य चिकित्शालय, होमालय, होमकुण्डाश्रम, इनार, धारा, चौतारा, काजक्रिया कटेरो, तारजालीयुक्त सीमा बारबन्धन, वनभोज गृह, कमलादेवीको बली मन्दिर, मौलो आदि संरचनाहरू निर्मित छन् । मन्दिर परिसरमा मोजाइक टायल लगाइएको छ । तापनि यी संरचनाहरूले तीर्थालु भक्तजनहरूका धार्मिक भाग एवं आवश्यकताहरूलाई पूरा गर्न सकेको छैन । यसबारे मूल समितिले गहनतापूर्वक छलफल ग¥यो ।

यस मन्दिरको भौतिक उन्नयनका निम्ति श्रीमद्देवीभागवत् नवाह भक्तिज्ञान महायज्ञ लगाई दान सङ्कलन गर्ने निर्णय ग¥यो । यज्ञ सम्पन्न गर्न दानवीर, धर्मानुरागी, सामाजिक व्यक्तित्वका धनी श्रीधर लामिछानेज्यू संयोजक चुनिनुभयो । श्रीधर लामिछानेज्यूको नेतृत्वमा दुई दर्जन उपसमिति निर्माण भएका छन् । यो समितिले रामनवमीजस्तो पुनीत पर्वमा मन्दिर प्राङ्गणभित्रै मिति २०७९ चैत्र ८ गतेदेखि श्रीमद्देवीभागवत् नवाह भक्तिज्ञान महायज्ञ लगाउने निर्णय ग¥यो । सोको पूर्णताका निम्ति युद्धस्तरमा काम भइरहेका छन् । यस महायज्ञबाट सङ्कलित दान, द्रव्य, जिन्सीले यसै मन्दिर
परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्नेछ । साथमा यस संस्थाको प्राकृतिक मनोहारिताको समेत सम्वद्र्धन हुने नै छ । यस महायज्ञ बारेका थप सूचनाका लागि यसै मन्दिरद्वारा सम्प्रेषित हातेपर्चाको उचित प्रयोग एवं अनुशीलन होस् भन्ने चाह छ । अन्त्यमा सबैको साथ र भरोशाको अपेक्षा गर्दछु ।
श्रीधर लामिछाने
संयोजक
कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्र
श्रीमद्देवीभागवत् नवाह भक्तिज्ञान महायज्ञ

मिति ः २०७९।१२।०२

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू