उपराष्ट्रपतिबारे निर्णय लिन रास्वपाले बोलायो बैठक

एटुजेड समाचार

काठमाडौं – उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

शुक्रबार बिहान ११ :३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ । नेपाली कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन कायमै राख्दै रास्वपा सरकारबाट बाहिरिएको थियो।

उपराष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू