एजेन्सी : अफ्रिकी मुलुक मलावी र मोजाम्बिकमा हालै आएको आँधीका कारण करिब ६० जनाको मृत्यु भएको छ ।
फ्रेडी आँधीका कारण हजारौं घरबारविहीन भएका हुन् । भारी वर्षासँगै आएको आँधी लामो समयसम्म रहँदा जनजीवन प्रभावित भएको हो ।
आँधीपछिको बाढीले कमजोर सरचनाहरु बगाउनुका साथै बिजुलीका पोल र रुखहरु समेत ढलेकाले बिजुली आपूर्ती समेत बन्द भएको छ ।
आँधीपछि हजारौं नागरिक अध्यारोमा बस्न बाध्य भएका छन् । मोजाम्बिकमा अहिलेपनि आँधी सक्रिय रहेकाले थप मानवीय क्षति हुन सक्ने अनुमान गरिएको छ ।
मलावीमा भने आँधी कम हुँदै गएको छ । आँधीको असर भानुआटुमा समेत परेको छ । आँधीले विनाश निम्त्याएपछि त्यहा आपतकाल घोषणा गरिएको छ ।