चितवन–२ मा रवि लामिछानेले थाले चुनावी प्रचार

एटुजेड समाचार

चितवन – सर्वाेच्च अदालतले नागरिकता सम्बन्धि फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार थालेको छ । चितवन–२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । क्षेत्र नं २ मा पर्ने भरतपुर महानगरपालिका–१ रामनगरमा रास्वपाले सम्पर्क कार्यालय स्थापना गरेको हो ।

उपनिर्वाचनमा चितवन २ बाट रास्वपाका सभापति रवि लामिछाने पुनः निर्वाचन लड्दै छन् । नागरिकता सम्बन्धि मुद्धामा सर्वाेच्चले उनको सांसद पद नै खारेज गरिदिएपछि उपनिर्वाचन हुन लागेको हो । उनको राहदानी सम्बन्धि मुद्धामा पनि अनुसन्धान जारी छ ।

चितवन २ बाट पुनः आफै चुनाव लड्ने रविले यसअघि नै घोषणा गरिसकेका छन् । चुनावी प्रचारको लागि तयारी थालिएको लामिछानेका सहयोगी प्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति निर्वाचनपछि रवि चितवन आउँदै छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू