काठमाडौं – राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो राजनीतिक संघर्षको सही मूल्यांकन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन् ।
उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले भने, “संघीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो संघर्षको सही मूल्यांकन गर्नुहुने विश्वास छ ।”