भारतीय अभिनेता सतीश कौशिकको निधन

एटुजेड समाचार

काठमाडौं : भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ। अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन्। उनले आफूसँगको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गरेका छन्।

दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिलाई ह्दयघात भएको थियो। ह्दयघातभएपछि उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो। उनको त्यहाँ निधन भएको हो। र, पोष्टमार्टमका लागि मुम्बई ल्याइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु