भैरहवाबाट जजिरा एयरवेजले आजदेखि साताको तीन दिन कुवेत उडान गर्दै

एटुजेड समाचार

काठमाडौं : जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने भएको छ। विमानस्थल उद्घाटनको दिन २ जेठ २०७९ देखि नै नियमित उडान गर्दै आइरहेको जजिराले भैरहवामा बाक्लो हुस्सु लाग्न थालेपछि गत ६ पुसदेखि सेवा स्थगित गरेको थियो। अब आकाश खुल्न थालेसँगै उडान पुनः सुरु गर्न लागिएको हो। जसअनुसार भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान हुने कम्पनीले जनाएको हो।

जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ। जजिराले भैरहवादेखि कुवेतसम्म २८ हजार ८ सय ३६ एकतर्फी उडानको भाडादर कायम गरेको नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू