लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार माग

एटुजेड समाचार

भरतपुर – लोकसेवा आयोगले खरिदारमा पदमा विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला र समावेशी पदको प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरेको हो ।

आयोगले प्रशासन, न्यायलगायत क्षेत्रका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । उम्मेदवारले चैत १४ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् । दोब्बर ददस्तुरको समय भने चैत २१ गतेसम्म रहेको छ ।

आयोगका अनुसार प्रथम पत्रको परीक्षा २०८० भदौ २३ गते तथा दोस्रो र तेतेस्रो पत्रको परीक्षा २०८० कात्तिक १७ र १८ गते हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू