काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना भइरहेको ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड २०७८ को पिपल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।उषाले ३८.०३२२ प्रतिशत मत प्राप्त गर्दै पिपल्स च्वाइस अवार्ड जितिन् ।
यसपटक पिपल्स च्वाइस विधाको मनोनयनमा उषा भण्डारीसँगै क्रिकेटका आसिफ शेख, लन टेनिसका अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट र पैडीकी डुवाना लामा मनोनयनमा परेका थिए ।अवार्डको दोस्रो स्थानमा रहेका अञ्जनले ३१.१४०२ प्रतिशत मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका आसिफले १४.९९७ प्रतिसत मत प्राप्त गरे ।यस्तै, तेस्रो र चौथो स्थानमा रहेका अभिलाषा विष्ट र डुवाना लामाले क्रमशः ८.३२६७ र ७.५०८३ मत प्राप्त गरे ।