चितवन – चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा पुनः मणिराज महतो नियुक्त भएका छन । शनिबार बसेको क्याम्पस संचालक समितीको बैठकले क्याम्पस प्रमुखमा पुनः महतोलाई नियुक्त गरेको हो । महत्तो पहिलो ४ वर्षको कार्यकाल सक्याएर दोस्रो कार्यकालको लागि नियुक्त भएका हुन ।
महतोले पहिलो पटक २०७५ साल फागुन २२ गते क्याम्पस प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका थिए । दोस्रो कार्यकालको लागि क्याम्पस प्रमुखमा नियुक्त भएसंगै क्याम्पस प्रमुख महतोले क्याम्पसको भौतिक निर्माणभन्दा पनि शैक्षिक गुणस्तर वृद्धि गर्न लाग्ने बताए ।


विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्न प्रध्यापकलाई विभिन्न तालिम दिने उनको भनाई छ । उनले क्याम्पसमा प्रविधिमैत्री शिक्षाको विकास गर्ने बताए । क्याम्पसमा आउन नसक्ने विद्यार्थीहरुका लार्गि अनलाइन माध्यमबाट पठनपाठन समेत सञ्चालन गर्ने जानकारी दिए ।
उनले भने, “क्याम्पसमा भर्ना भएका तर विभिन्न कामको शिलशिलामा जिल्ला बाहिर रहेका विद्यार्थीहरुलाई सहज हुने गरि विद्युतिय माध्यमबाट अध्यापन गराउने योजना रहेको छ ।” शैक्षिक गुणस्तर वृद्धि गर्न क्याम्पस प्रशासन, प्रध्यापक, विद्यार्थी सबै लाग्नुपर्ने महतोले बताए ।
२०५० सालमा सप्तगण्डकी क्याम्पसमा प्रध्यापकको रुपमा जिम्मेवारी सम्हालेका महतो विभागीय प्रमुख, सहायक क्याम्पस प्रमुख हुँदै अहिले दास्रो कार्यकालको लागि क्याम्पस प्रमुखमा नियुक्त भएका हन । गितानगरको अरुणोदय माविबाट एसएलसी पास गरेका महतोले महेन्द्ररत्न क्याम्पसबाट बिसिएल र त्रिचन्द्र क्याम्पसबाट गणित विषयमा स्नातक र स्नाकोत्तर पास गरेका छन ।