चितवन – उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.ले विविध कार्यक्रमको आयोजना गरी आफ्नो दोश्रो साधारणसभा सम्पन्न गरेको छ । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी प्रमुख रहेका थिए ।
।
प्रमुख अतिथि अधिकारीले उज्यालो टाईम्सले छोटो समयमै समाचारका माध्यमहरुबाट मिडियालाई समाजमा परिचित गराउन सफल भएको र अझ सशक्त रुपमा समाजका विकृति, विसंगतिहरुलाई उजागर गरी आफ्ना गतिविधिहरुलाई बढाउँदै उज्यालो छर्नेमा विश्वास व्यक्त गरे ।
उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि जानकारी गराएको साधारण सभामा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित, समाजवादी प्रेस संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिना, खोज मिडिया एण्ड एड्भरटाईजिङ्ग प्रा. लि. का अध्यक्ष , प्रेस सेन्टर नेपाल चितवन शाखाको सह–सचिव नबिन बाबु मरहट्टा लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा लि द्वारा सञ्चालित उज्यालो टाईम्स डटकमलाई अझ शसक्त रुपमा लैजाने उद्देश्य अनुरुप मिति फागुन २० गते बसेको विशेष बैठकको निर्णयबाट भरतपुर महानगरपालिका वडा नं. १२ निवासी युवा व्यवसायी सुकदेव काप्री (विकास)लाई निर्देशक पदमा चयन समेत गरिएको थियो ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथिले कप्रीलाई सम्मान समेत गरेको थियो । त्यसैगरी उज्लायो टाईम्स डटकमलाई शुरुवाती समयदेखि मिडियाका हरेक गतिविधिहरुलाई नजिकबाट नियाली निरन्तर रुपमा सल्लाह, सुझाव प्रदान गरेको भन्दै मिस नर्स चितवन २०१४ की बिजेता भरतपुर–७ चितवन निवासी ममता पाण्डेलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो ।
साधारणसभामा क्याची टुर्स एण्ड ट्राभल्स प्रा.लि.का प्रबन्ध निर्देशक राहुल कुमार सिंह, प्रा.लि.का निर्देशकहरु हरि बहादुर भुजेल, राज कुमार श्रेष्ठ, सञ्चारकर्मीहरु, एवम् उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का निर्देशक डोल बहादुर कार्की (अविनाश)ले सञ्चालन गरेको साधारणसभा कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गरेका थिए ।