सुखानीका सहिद सम्झँदै प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

एटुजेड समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका क्रममा भएका सहिदहरूको स्मरण गरेका छन् । झापा विद्रोहपछि पक्राउ परेकाहरुलाई जेल सार्ने नाममा हत्या गरिएको घटनालाई सुखानी घटनाको नामले चिनिन्छ ।

सुखानी घटनाको ५० वर्ष पुगेको सन्दर्भमा प्रधानमन्त्री दाहालले सहिदहरूको नाम नै लिएर स्मरण गरेका हुन् । “लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान सहिदहरू नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु,” प्रधानमन्त्री दाहालले आफ्नो व्यक्तिगत ट्वीटर एकाउण्टमा भनेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू