ए डिभिजन लिगमा आज पनि तीन खेल हुने

एटुजेड समाचार

काठमाडाैँ- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार पनि ३ खेल हुँदैछन्। दुई खेल दशरथ रंगशालामा हुनेछन् भने एक खेल च्यासल रंगशालामा हुने बताइएको छ। दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ।

आर्मी र संकटाबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ। दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ।

मछिन्द्र र जावलाखेलबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ। च्यासल मैदानमा हुने एक मात्र खेलमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ। एनआरटी र सातदोबाटोबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ। तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ। लिग यसपटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ। यस पटकको लिगमा कुल १८२ खेल हुनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू