धनुषामा सडक दुर्घटना, दुईजनाको मृत्यु

एटुजेड समाचार

धनुषा : धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

गएराति जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा ज १ त ५२४५ नम्बरको ट्याक्टर र ज १ १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

मृतक ठाकुर मोटरसाइकल चालक हुन् भने साह पछाडि सवार रहेका प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू