नारायणगढ-मुग्लिन सडक आजदेखि पूर्ण रुपमा सञ्चालन हुने

एटुजेड समाचार

काठमाडौँ – सडक निर्माणका कारण दैनिक केही समय सवारी आवागमन बन्द गरिँदै आएको नारायणगढ-मुग्लिन सडक आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार केही ठाउँमा पुलको मुख खोल्न तथा फराकिलो बनाउन भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा सवारी आवागमन बन्द गरिँदै आएको भएपनि आजबाट भने पूर्ण रुपमा खुला गरिने भएको हो। भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो।

पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो। हाल भित्तो काट्ने काम अन्तिम चरणमा पुगेकाले अब सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेकोले पूण रुपमा खुलाउन लागिएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू