चितवन – नेपाली काङ्ग्रेस निकट विद्यार्थीहरुको सङ्गठन नेविसंघ चितवनको अध्यक्षमा राजेश भुसाल चयन भएका छन् । शुक्रबार नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले उनलाइ चितवन जिल्ला अध्यक्षमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।
पछिल्ला बर्षहरुमा विद्यार्थी हक हितका लागि सक्रिय भुसाल सप्तगण्डकी बहुमुखी क्याम्पसबाट बिद्यार्थी आन्दोलनमा उदाएका हुन् ।