विन्दवासिनी म्युजिकका सञ्चालक रेग्मीविरुद्ध ५ वर्ष कैद सजाय माग

एटुजेड समाचार

काठमाडौं – विन्दवासिनी म्युजिकका सञ्चालकका सुवास रेग्मीविरुद्ध ५ वर्ष कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम सजाय माग गर्दै अभियोगपत्र दर्ता गरेको हो ।

यो कसुर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । रेग्मी फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सामाजिक सञ्जालमा गालीगलोज गरेको भन्दै संगीतकर्मीले रेग्मीविरुद्ध जाहेरी दिएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू