काठमाडौं – विश्वकप लिग २ अन्तरगतको खेलमा पपुवा न्यूगिनीविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।
पहिलो विकेटका लागि पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले गरेको ४२ रनको साझेदारी सन्दीपले तोडे । २६ रन बनाएर खेलिरहेका किप्लिन डोरिगालाई सन्दीपले एलबी डब्ल्यूको धरापमा पारेका छन् ।
आफ्नो पहिलो ओभरको तेस्रो बलमै सन्दीपले विकेट लिएका हुन् ।