काठमाडौँ – आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत यूएईविरुद्धको खेलमा चौथो सफलता हात पारेको छ ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका हुन् ।
सन्दीपले ३६ औं ओभरको तेस्रो बलमा आसिफ खानलाई ७२ रनमा क्याच आउट गराएका हुन् ।यसअघि नेपालका लागि कुशल मल्लले २५ औं ओभरको चौथो बलमा चुन्दगापोयल रिजवानलाई २४ रनमा क्याच आउट गराए थिए ।