बिपिडब्लु लघुवित्तको आइपीओ खुल्यो

एटुजेड समाचार

काठमाडौं –  बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता  एक सय अङ्कित दरमा ८० हजार ९ सय ५० कित्ता साधारण सेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

निष्कासित सेयरमा सर्वसाधारण लगानिकर्ताले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खदिरको आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवर्द्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू