प्रदेश १ को नाम ‘कोशी प्रदेश’

एटुजेड समाचार

विराटनगर – प्रदेश नम्बर एकको को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएको छ। कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ। बिहीबार साँझ प्रदेश सभामा भएको मतदान प्रकियामा चार जना प्रदेश सांसद अनुपस्थित रहेका थिए ।

नेकपा एमाले सांसद रामबहादुर मगरले प्रस्ताव गरेको कोशी प्रदेशको प्रस्तावलाई नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी भने प्रस्तावको विपक्षमा रहेका थिए ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू