भरतपुर – चितवनमा प्रथम चितवन फुटवेयर एक्स्पो–२०७९” शुरु भएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन फुटवेयर एक्स्पो–२०७९” को भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आज (बुधवार) एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै उपप्रमुख अधिकारीले स्वदेशी उत्पादनको प्रर्बद्धन गर्ने उद्देश्य अनुरुप चितवनमा शुरु गरिएको प्रथम चितवन फुटवेयर एक्स्पोले स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा टेवा पुग्ने बताए ।उनले स्वदेशी उत्पादनलाई सरकारले प्राथमिकतामा राखी उद्योगधन्दा स्थापनामा सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा आयोजक संस्था नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले प्रदर्शनीको बारेमा जानकारी गराएका थिए । उपाध्यायले स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अबलोकन गराई आफ्ना उत्पादका बारेमा जानकारी गराउने, स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न प्रदर्शनी मेलाको माध्यमबाट ब्यापक प्रचार प्रसार गरी बाह्य बजार समेत बिस्तार गर्न रणनीतिक पहल गर्ने जानाकारी दिए ।
उनले बिदेशी जुत्ता चप्पल तथा छालाका बस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका बस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्म निर्भर बनाउन आधार तयार गर्ने, वास्तविक उपभोक्तासंँग उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरुका गुनासा तथा राय सुझाव संकलन गरी कमी कमजोरीलाई सच्याउँदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लगायतका विषयमा जानकारी गराएका थिए ।
निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छाला जन्य वस्तुहरु र स्वदेशी तयार गरिएका जुत्ता चप्पल, लेडिज जेन्स बच्चा सबैलाई समेट्ने गरि अहिले गर्मी मौषमलाई लक्षित गरि उत्पादन रहने छन् भने विशेष आकर्षक छुटमा १० भन्दा बढी ब्राण्डका ५०० मोडलका जुत्ता एकै ठाँउमा पाउन सकिने आयोजकले बताएको छ ।चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य राखेका थिए ।