समानुपातिक प्रणाली मिसयुज भएको : राष्ट्रियसभा उपाध्यक्ष अर्याल

एटुजेड समाचार

काठमाडौँ – राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले निर्वाचनमा समानुपातिक प्रणालीको मिसयुज हुन थालेकाले निर्वाचन प्रणाली फेर्नुपर्नेमा जोड दिनुभयो ।

अरू महिला आए भने आफ्नो भाग खोसिन्छ कि भन्ठान्ने केही महिला मात्रै महिला विरोधी भएको बताउनुहुँदै उपाध्यक्ष अर्यालले हाम्रो समाज महिला विरोधी नभएको स्पष्ट पार्नुभयो ।

उहाँले महिला सहभागिता  ३३ प्रतिशतले मात्रै नपुग्ने र जनसङ्ख्याका आधारमा ५० प्रतिशत महिला हरेक क्षेत्रमा सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनाताका उन्मुक्तिका लागि लडेका नागरिकहरू अझै पीडित रहनु न्यायोचित नहुने हुँदा द्वन्द्वकालका पीडितहरूको तत्काल न्याय निरुपण गरिनुपर्ने बताउनुभयो ।

बैठकमा प्रतिनिधिसभाका उपसभामुख, प्रदेशसभाका उपसभामुखहरू, राजनीतिक दलका नेताहरू महिला अधिकारकर्मी तथा पूर्व सांसदहरुले असमान समाज परिवर्तन गर्न महिला र पुरुषको समान जिम्मेवारीबाटै सम्भव हुनेमा जोड दिनुभयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू