प्रदेश–१ को प्रस्तावित नाम किराँत–लिम्बुवान–सगरमाथा अस्वीकृत

एटुजेड समाचार

विराटनगर – प्रदेश नम्बर–१ को नाम राख्न प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कोसीसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ । त्योसँगै उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ ।नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको किराँत–लिम्बुवान–सगरमाथा नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतबाट अस्वीकृत भएको छ ।

अब सभामा नाममाथिको छलफल सकिएपछि मत विभाजन हुनेछ । सभाको दुईतिहाइ बहुमतले पारित गरे प्रदेश–१ ले नाम पाउनेछ ।छलफलमा एमालेका सांसद रेवतीरमण भण्डारीले कोसी जनजीविकासँग सम्बन्धित विषय भएको बताउँदै भने, “नदी आसपासका क्षेत्रमा नै बस्ती विकास भई सोहीअनुसार सभ्यताको विकास भएको हो । त्यसैले प्रदेश–१ को नाम कोसी नै उचित हुन्छ ।” सभामा नाममाथिको छलफल चलिरहेको छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू