चितवन – चितवनमा ३३ बोतल लागुऔषध (कोरेक्स) सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले खैरहनी नगरपालिका वडा नं.६ जमौली स्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ८७७० नं. को कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा ३३ बोतल लागु औषध (कोरेक्स) सहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
उक्त कार चालक भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने बर्ष ४० को सुरज कुमार शाही, कारमा सवार बर्ष ३६ को प्रकाश गौतम र कारमा सवार वडा नं. ०२ बस्ने बर्ष ५० को शैलेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्दा उक्त कारको पछाडीपट्टिको सिटमा कार्टुनभित्र लुकाई छिपाई ल्याएको लागू औषध Codiwell Cough Syrup 100 ML लेखिएको 100 ML को ३३ बोत्तल फेला परेको हुनाले उक्त कार सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरिले जनाएको छ ।