चितवनमा बिल बिजक भन्दा बढी समानसहित ट्रक नियन्त्रणमा

एटुजेड समाचार

चितवन – चितवनमा बिल बिजक भन्दा बढी समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले पुर्वबाट चितवनतर्फ आउदै गरेको ग १ ख ३३३२ नं. को भाडाको ट्रकमा बिल बिजक भन्दा बढीको लत्ता कपडा लगायतका विभिन्न खुद्रा सामानहरू लोड गरी आउदै गरेको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

आज बिहान ८:२० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० केन्द्रिय बसपार्क चोक स्थित सडक खण्डमा उल्लेखित ट्रक लाई रोकी खानतलासी एवं प्रारम्भिक अनुसन्धान गर्दा बिल बिजक भन्दा बढी समान भएको खुल्न आएकाले उक्त ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवम् प्रवक्ता बिजयराज पण्डितले जानाकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू