काठमाडौं – सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरू गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरेकी हुन्।
सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरू गरिएको जनाएको छ ।


यस प्रणालीको प्रयोगबाट सरकारी निकायहरूको सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्ति नभएपनि उपलब्ध जनशक्तिको मद्दतले आ-आफ्ना निकायगत वेबसाइटहरू सहजै निशुल्क एवं सुरक्षितरुपमा विकास गर्न सकिने र अद्यावधिक एवं सपोर्टका लागि बर्सेनि गरिने खर्च बचत हुने जनाइएको छ।
कार्यक्रममा मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल,विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ ।