काठमाडौं – प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से १.२८ अंकले बढेर २०२४.८१ विन्दुमा आइपुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.०३ अंकले बढ्यो।
यो सेसनमा १६ कम्पनीको सेयर कारोबार भयो। जसमध्ये ७ कम्पनीको मूल्य बढ्यो भने ५ को घट्यो। २ कम्पनीको मूल्य स्थिर रहयो। प्री ओपन सेसनमा ३३० कित्ता सेयर १ लाख २० हजार ५२६ रुपैयाँमा खरिदबिक्री भयो। यो समयमा १६ पटक कारोबार भयो।