एमालेका मन्त्रीले बुझाए राजीनामा

एटुजेड समाचार

काठमाडौं – नेकपा (एमाले)बाट प्रतिनिधित्व गरेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । सोमबार उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सामूहिक राजीनामापात्र बुझाएका हुन् ।पार्टीको सोमबारै बसेको सचिवालय बैठकले मन्त्रीहरू फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम उपप्रधानसहित आठ मन्त्रीले राजीनामा दिएका हुन् ।

यही फागुन १३ गते राष्ट्रपति पदका लागि उमेदवारको मनोनयनपत्र दर्ता गराउँदा नेकपा (माओवादी केन्द्र)सहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)लगायत आठदलीय मोर्चा बनाइएको थियो । त्योसँगै सत्ता गठबन्धनभित्र किचलो बढेको थियो ।एमालेले सरकार छोडेसँगै गएको पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने क्रममा बनेको सातदलीय गठबन्धन पनि विघटन भएको छ । गएको शनिबार अर्को सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोडेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू