चितवन – भरतपुर धर्मचोक ,लङ्कु, चितवनस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसञ्चालन र सर्वाङ्गीण विकासका लागि बृहत् अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञको भोलि समापन हुँदैछ ।
महायज्ञमा आज प्रमुख अतिथिका रूपमा बोल्दै सहरी विकास मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले गुरुकुलको विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । महायज्ञको अहिले जारी दोस्रो चरणमा सुप्रसिद्ध कथावाचक ईश्वर कृष्ण महाराजले प्रवचन गरिरहनुभएको छ।


१५ दिने महायज्ञको आज चौधौं दिन चलिरहँदा अहिलेसम्म नगद र बोलकबोल गरी झन्डै ३ करोड २० लाख रकम संकलन भएको महायज्ञ सम्पादन मूल समितिका सचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभयो।
देशका प्रमुख सन्त- महात्माहरू,शैक्षिक, राजनैतिक , सामाजिक व्यक्तिहरूको उपस्थिति भइरहेको महायज्ञको आजको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका सह- प्रा.डा.गुरुप्रसाद सुवेदी, सूर्यपाकी केशवाचार्य, पूर्व वाग्मती प्रदेश सभा सदस्य रीना गुरुङ, राप्रपा चितवन जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष जीवलाल पुरी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम महायज्ञ सम्पादन मूल समितिका सह- संयोजक सोम सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।