ट्रकको ठक्करबाट मकवानपुरमा स्कुटर चालकको मृत्यु

एटुजेड समाचार

हेटौँडा – मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ रामडाडाँमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको डिब्बा ट्रकले विपरित दिशाबाट आउँदै गरेको गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको ज्यान गएको हो।

ज्यान जानेमा कास्की जिल्ला निर्मल पोखरी–२ बस्ने अन्दाजी ३८ वर्षीया निर्मला परियार रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले बताए । ठक्कर दिने ट्रक तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू