४० थान अवैध मोबाइलसहित नारायणगढको एमथ्री मोबाइल हाउसका सञ्चालक पक्राउ

एटुजेड समाचार

चितवन – ४० थान अवैध मोबाइलसहित नारायणगढको एमथ्री मोबाइल हाउसका सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढको इन्द्रदेव मार्गस्थित एमथ्री मोबाइल हाउसमा छापा हानि अवैध मोबाइलसहित सञ्चालकलाई पक्राउ गरेको हो ।

अवैध मोबाइल सेटहरु बिक्रि वितरण तथा भण्डारण भइरहेको भन्ने सूचनाको आधारमा बुधबार साँझ ७ बजे पसलको खानतलासी गर्न गएको प्रहरी टोलिले अवैध ४० थान मोबाइलसहित पसल सञ्चालक भरतपुर महानगरपालिका–६ बस्ने ३५ वर्षीय दिपेन्द्र खड्कालाई पक्राउ गरेको हो ।

उक्त पसलमा आइफोन, सामसुङ र रियलमी लगायत विभिन्न ब्राण्डका अवैध मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । पक्राउ परेको खड्कालाई आवश्यक कारबाहीका लागि बिहीवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू