भरतपुर – भरतपुर महानगरपालिका वडा नम्बर ७ को आयोजनामा अन्तर टोलस्तरिय भलिवल प्रतियोगिता तथा विविध महिला खेलकुद कार्यक्रम शुरु भएको छ । फाल्गुन ०४ गतेदेखी शुरु भएको प्रतियोगिता फाल्गुन ०७ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा वडा भित्र रहेका २२ वटा टोल विकास सस्थाहरुको सहभागिता रहने कार्यक्रम संयोजक एवम वडा सदस्य मीन बहादुर गुरुङले बताए । कार्यक्रमका बिशिस्ट अतिथी एवं वडा अध्यक्ष राजेन्द्र मणि काफ्लेले खेलले शरिरलाई स्फुर्ती राख्नुका साथै टोलबासिहरुमा आत्मियता बढाउन मद्दत गर्ने बताउदै बिगतका बर्षहरु देखिनै महिला एवं पुरुषहरुका लागि विभिन्न किसिमका खेलहरुको आयोजना गरिदै आएको बताएका थिए ।
उद्घाटनका दिन चार खेल भएको थियो। पहिलो खेलमा दिपगणेश टोललाई हराउदै नमुना टोल, दोश्रो खेलमा अशोक माछापुच्छ्रे टोललाई हराउदै शिव टोल, तेस्रो खेलमा सिर्जनाचोक टोललाई हराउदै दिपज्योती टोल र चौथो खेलमा सित्तल टोललाइ हराउदै श्रीकृष्ण टोल बिजयी भएका थिए ।
त्यस्तै फाल्गुन ०५ गते आज हुने पहिलो खेलमा बागवानी टोल र मध्य बिन्दु टोल, दोस्रो खेलमा बुद्ध चोक र मनकामना टोल, तेस्रो खेलमा जलदेवी टोल र विशाल टोल, चौथो खेलमा सनराइज र उज्वल टोल, पाचौ खेलमा नगर विकास र सुन्दर टोल, छैटो खेलमा अन्नपुर्ण टोल र कान्तिनगर टोल बिकास सस्था बिच प्रतिस्पर्धा हुनेछ ।