जसपाले बोलायो फागुन ७ गते केन्द्रीय कार्यकारिणी समिति बैठक

एटुजेड समाचार

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते शनिबार बस्ने भएको छ ।

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका अजेण्डाहरुमा बैठक केन्द्रित हुने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ ।

पार्टीले मंसिर ४ को निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्नेविरुद्ध कारबाही गर्ने पनि बैठकको एजेण्डा हुने छ । पार्टीले अन्तर्घातका विषयमा छानबिन गर्न समिति बनाएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू