भरतपुरमा महिला हिंसा तथा आत्मा रक्षा कला तालिम सम्पन्न

एटुजेड समाचार

भरतपुर – भरतपुरमा महिला हिंम्सा तथा आत्मा रक्षा कला तालिम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा ३ को आयोजनामा भएको ३ दिने तालिममा वडा भित्र भएका महिलाहरुलाई नैतिकवान र चरित्रवान बनाउने उद्वेश्यका साथ तालिम आयोजना गरिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले महिलाहरु अब समाजमा एक्लै लड्न सक्ने गरि साहसी भएको बताएका छन् । अब भरतपुरका महिलाहरुले आफुलाई परि आएको खण्डमा आफ्नो प्रतिरक्षा आफै गर्न सक्ने भएका छन उप प्रमुख अधिकारीले भन्नू भयो, वडा न ३ महानगर कै पहिलो महिला हिसा तथा आत्मा रक्षा कला मुक्त भएको समेत उल्लेख गरे ।

यस्ता खालका तालिमहरुले महिलाहरुमा आत्म बिश्वास बढाउनुको साथै समाजमा सामाजिक कार्य गर्नमा पनि थप प्रेरित गर्ने छ उपप्रमुख अधिकारीले भने, ।

समापन कार्यक्रममा वडा अध्यक्ष बिकास थापाले यस्ता खालका तालिमहरु आगामी दिनहरुमा पनि क्रमशः गर्दै जाने सोच भएको बताए ।तालिममा २२ वटा टोल र ११ वटा आमा समुहबाट छनौट भएर आएका १५० जना भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा नगर कार्यपालिका सदस्य सुकमाया परियार,वडा सदस्य कमला देबि बोलखे,राम बहादुर लोहनी, माधब अर्याल, सहभागीहरुको तर्फबाट फुलमाया थापा मगर लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू